रोनाल्डोको लग्जरी बोटमा यस्तो पोज

रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस गएपछि स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले गोल गर्न सकेका छैनन् । सिरी ए का तीन खेल सकिँदासम्म उनले एक गोल पनि गरेका छैनन् र उनी इटालीमा पहिलो गोलको खोजीमा छन् ।

रोनाल्डो अहिले बिदामा छन् । उनको देश पोर्चुगल अहिले युइएफए नेशन्स लिगमा प्रतिस्पर्धामा छ । पहिलो खेलमा इटाली खल्दै छ । उनले अन्तर्राष्ट्रिय टिमबाट दुई खेलका लागि बिदा लिएका छन् । दोस्रो खेलमा पनि उनी हुने छैनन् ।

रोनाल्डो अहिले परिवारसहित बिदा मनाउन मेडेटरियन क्षेत्रमा गएका छन् । उनले त्यहाँ लग्जरी बोटमा आराम गरेका छन् । रोनाल्डो अहिले आफ्नो फिटनेशमा ध्यान केन्द्रित गरिरहेका छन् ।

भदौ २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्