बुटवलमा २३ वर्षीया युवतीको शव फेला

बुटवल – रुपन्देहीको शुद्धोदन गाउँपालिका– ७ स्थित दानव नदीमा एक युवतीको शव फेला परेको छ । स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शवको पहिचान नभएको इलाका प्रहरी कार्यालय छपियाका प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले जानकारी दिए । अन्दाजी २३ वर्षीया ती युवतीको शव परीक्षणका लागि भीम अस्पताल भैरहवामा राखिएको छ । ‘घटना के भएको हो, विस्तृत कुरा अनुसन्धान भएपछि मात्रैे थाहा हुन्छ,’ प्रहरी निरीक्षक बोहोराले भने ।

भदौ २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्