कविता

दरको रहर लाग्यो बरीलै !

ल है साइली
यो पालिको दरमा
राम्रा राम्रा गीत छान्‍नुपर्छ
दुई चार प्याक पनि यसो हान्‍नुपर्छ

झ्याम्म लाग्यो भने
मज्जाले नाच्नु पर्छ
बरु मर्के मर्केला यो ढोले कम्मर
यसपाली त जसरी नि भाच्‍नुपर्छ

नेपाली गीत राम्रो छैन भने
हिन्दी अङ्ग्रेजीमा भए नि नाच्नुपर्छ।

प्रेम ओली ‘ढकालपुरे’

आज मेरो घर
भोलि तिम्रो घर
दरो बजाउनुपर्छ दर
नत्र कसरी पुग्ला खाने रहर ?!

पहिले पहिले त पैसो हुँदैनथ्यो र सादा दर खान्थे होला
हामी त पखेटा सफेटा वाइन बियरको दर खानुपर्छ

टोल छिमेकले मात्र हैन
साथीका साथीले बोलाए पनि जानुपर्छ
हजुर आमाको पालाको जस्तो
बिना प्याकको दर त के दर
हाम्रो पालामा त आधुनिक दर हुनुपर्छ

प्याक पनि यस्तो होस् कि
एक गिलास हान्यो भने झ्याप्प छुनुपर्छ
झ्याप्प लायो भने त

नाच्न नजान्‍नेलाई पनि नाच्न आउने
गीत नजान्‍नेले पनि गीत गाउने
सोध सोध त साइली
त्यो बाहुनी बजैको घरमा के पाकेको छ ?

सादा रहेछ भने त के जानु
अबको दर त बिना प्याकको पनि के खानु ?

ल है कान्छी
आजको दर झन भब्य बनाउनुपर्छ
व्हुस्की बियर जे हुन्छ झ्याप्प दिएर मनाउनुपर्छ

अब यो दर खान एक महिनाले पुगेन
दुई चार महिनै मनाउनुपर्छ

सरकारले नमाने बरु
हामी आँफै पात्रो बनाउनुपर्छ
दुई चार महिना टन्‍न दर खाए पो
घरका महादेवको लागि तीजमा

पानी पनि नखाइ ब्रत बस्न सकिएला
नत्र दिनभर कसरी टिकिएला
आज भोली त दर पार्वतीले मात्र हो र

महादेवहरुले पनि दरो दर ठोक्छन
मानौ यिनले पनि
हाम्रा लागि ब्रत बसेर अब
लक्ष्मी ,दुर्गालाई ढोक्छन्।

भदौ २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्