पासो लगाएर झुण्डिँदा आमा र छोराको मृत्‍यु

साङ्केतिक तस्बिर

मोरङ- जिल्लाको बुढीगंगा गाउँपालिकामा आमाले दुई छोरालाई डोरीको पासो लगाएर ‘झुण्ड्याउदा’ दुई जनाको मृत्यु भएको छ।

गाउङ्गपालिका २ अमाहीस्थित २९ वर्षिया कविता यादवले १० वर्षीय निशान यादव र ५ वर्षीय अमन यादवलाई घरमा बलेसीमा डोरीको पासो लगाएकी थिइन्। यसक्रममा आमा कविता र ५ वर्षीय अमनको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए।

यद्‌पि१० वर्षिय निशानको डोरी भने बाँधेको ठाउँबाट टुटेपछि घाइते अवस्थामा रहेको एसपी केसीले बताए। घटनाका क्रममा घरको माथिल्लो तल्लामा कविताले आफूसहित दुई बालकलाई पासो लगाएकी थिइन्।

विहान करिब साढे १० बजे भएको घटनामा कविता र अमनको शव झुण्डिएको अवस्थामा भेटिएको थियो। पति अमरलाल यादवको दुइ वर्षअघि मृत्यु भएको र केहीसमय अघिदेखि कविता भारतको फारविसन्जका रामदेव झासँग बस्दै आएकी थिइन्।झा हाल विराटनगरमा काम गर्दै आएको स्थानीयले जनाएकाछन्।

स्थानीयबासीका अनुसार, कविताले कान्छो पतिका रुपमा झालाई छरछिमेकलाइ चिनजान गराउँदै आएकी थिए। घटनामा परेका दुबै छोरा भने पति अमरलालतर्फका हुन् । एसपी केसीले झा सम्पर्कमा नरहेको र उनको खोजी भइरहेको जानकारी दिए।

उनलाई नियन्त्रणमा लिएपछि घटनाका बारेमा थप कुरा बाहिर आउने र घटनाका बारेमा कुरा बाहिर आउने प्रहरीको बुझाइ छ। घाइते अवस्थामा रहेका निशानलाई उपचारका लागि विराट नर्सिङ होममा भर्ना गरिएको प्रहरीले जनाएको छ।

घाँटीमा डोरीको पासो लागेको बाहेक महिलाको शरीरमा भने कुनै चोटपटक नरहेको प्रहरीले जनाएको छ। आमा र नावालक छोराको शव पोष्टमार्टमका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ।

भदौ २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्