आउँदै छ सदाबहार गायक निमा रुम्बाको फिल्म

काठमाडौं- पछिलो समय चर्चित पप गायकहरुको एलबम बजारमा खासै आएका छैनन्। हालै बजारमा एल्बम लिएर नआएका पप गायक मध्ये एक हुन्- कुनै बेला पप गायकका रुपमा निकै चर्चित गायक निमा रुम्बा।

निमाले एलबम नल्याए पनि दर्शकमाझ उनी फेरि नायक बनेर आउँदै छन्। निमा चर्चित पप गायक त हुन् नै तर धेरैले उनलाई जवान गायकका रुपमा पनि लिने गर्छन्। उनलाई हिजो म स्कूल पढ्दा तपाईँको गीत हेर्दा तपाईँ यस्तै हुनुहुन्थ्यो, अहिले पनि यस्तै हुनुहुन्छ भनेर सोध्नेहरु धेरै छन्। निमा भने यस्तो प्रश्न आफूलाई आउँदा मुस्काउने गर्छन्।

उनले गाएका मिस क्याटवाक, प्रीति बस्योदेखि आऊ आऊ’ गीतसँगै प्राय: गीतले दर्शकमाझ राम्रो छाप छोडेका छन्। उनी एउटा पप गायकका रुपमा दर्शक माझ त चर्चित छन् नै, तर उनलाई चिन्नेहरुका माझ उनी सरल र मिलनसार व्यतित्‍वका रुपमा पनि परिचित छन्।

उनी आफ्ना फ्यानहरुसँग पनि निकै मिलनसार छन्। निमाले गायकसँगै नायक पनि बनेका उनले कागबेनीमा समेत अभिनय गरेका थिए भने अहिले उनी ‘छिरिङ चलचित्रबाट फेरि अभिनयमा देखिने भएका छन्। आउँदो असोज १२ गते रिलिज हुने चलचित्रमा नायकका रुपमा निमा देखिने छन्।

निमाले आफ्नो एलबम बजारमा नआएको स्कारेका छन्।तर उनले आफूले केही त गीत भने बजारमा ल्याएको बताएका छन्।आफू बाहिरको कार्यक्रमा व्यस्त रहेको र अब एलबमको तयारिमा रहेको उनले बताएका छन्।

भदौ २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्