अमेरिकामा खतरनाक आँधी फ्लोरेन्सको डर, दुई राज्यमा आपतकाल

अमेरिकाको पूर्वी तटीय क्षेत्रमा दशक यताकै ठूलो आँधी आउने खतरामा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा लैजान सुरु गरिएको छ ।

अमेरिकाको पूर्वी तटीय क्षेत्रमा फ्लोरेन्स नामको समुद्री आँधी आउने चेतावनी दिइएको छ । यो आँधी अमेरिकी क्षेत्रकै दशकयताको ठूलो हुने देखिएको छ ।

साउथ क्यारोलिनाका गभर्नरले राज्यको सम्पूर्ण तटीय क्षेत्र खाली गर्न निर्देशन दिएका छन् । यस्तै नर्थ क्यारोलिना र भिर्जिनियाले भने आपतकालको घोषणा गरेका छन् ।

फ्लोरेन्स अहिले श्रेणी चारको आँधी रहेको र १९५ किलोमिटर प्रतिघण्टाको गीतमा हावा चलेको अधिकारीले बताएका छन् । हावाको गति बढ्दो क्रममा भएकाले क्षति हुने चेतावनी दिइएको छ ।

यो आँधी आउँदो बिहीबारसम्ममा क्यारोलिनामा आइपुग्ने अनुमान छ । स्थानीय समय अनुसार सोमबार बिहान फ्लोरेन्स नर्थ क्यारोलिनाको केप फेयरबाट २००० किलोमिटर पर रहेको थियो ।

भदौ २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्