फोटो फिचर

रेखा थापाको ड्यासिङ लुक

काठमाडौँ – रेखा थापा, नेपाली चलचित्रमा स्थापित नाम बनेको धेरै भयो । पहिलो हिरोइन, अभिनेत्री, निमार्ता हुँदै निदेर्शकसम्म रेखा थापाले आफूलाई प्रमाणित र स्थापित गरेकी छन् ।

१५ वर्षभन्दा बढीदेखि नेपाली चलचित्र उद्योगमा सक्रिय रहेकी रेखालाई सूरुमा बोल्ड नायिकको रुपमा हेरियो । त्यसपछि उनी चलचित्रमा नायकका रुपमा प्रस्तुत हुन थालिन्, अर्थात केन्द्रीय पात्र महिला नै रहेका चलचित्रमा रेखा सफल हुँदै गइन् र ती चलचित्रको निर्माण पनि गरिन् ।

पछिल्ला केही वर्षदेखि उनी चलचित्र निर्माणसँगै निर्देशनमा पनि सक्रिय छन् र अभिनयले निरन्तरता पाइरहेको छ । रेखा थापाले आफूलाई अहिलेसम्मको यात्रामा पहिरनले मात्रै होइन स्वभावले बोल्ड बनेकी छन् । चलचित्रको माध्यमबाट समाजका कुरीति विरुद्ध प्रहार गर्न आफू लागि परेको उनले बताउने गरेकी छन् ।

रेखा थापा अहिले आफ्नो निर्माण तथा निर्देशनमा रहेको चलचित्र मालिकाको प्रदर्शनको तयारीमा छन् । बालविवाहको विषयलाई समेटिएको चलचित्रमा कर्णाली क्षेत्रको कथा समेटिएको छ र यसमा मूख्य पात्रको रुपमा उनले सामान्य किशोरीलाई लिएकी छन् ।

 

भदौ २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्