हिरो मोटो कर्पको नयाँ मोटर साइकल ‘एक्स्ट्रिम २००आर’ बजारमा

काठमाडौं : हिरो मोटोकर्पले ‘एक्स्ट्रिम २००आर’ नेपाली बजारमा ल्याएको छ । प्रविधिक रुपमा सर्वोत्कृष्ट एवं युवामय मोटरसाइकल उपलब्ध गराउने आफ्नो प्रतिबद्धता अनुरुप आफ्नो पछिल्लो मोटरसाइकलको बिक्रीवितरण कम्पनीले भारतमा शुरु गरे लगत्तै नेपालमा ल्याएको हो ।

‘एक्स्ट्रिम २००आर’ को नेपालमा दुई लाख ८६ हजार पाँच सय छ । यो मोटसाइकल नेपाल जनरल मार्केटिङ्गका सबै डिलरमा छ । मोटरसाइकलमा स्तरीय विधि उपलब्ध गराउन एण्टि–लक ब्रेक सिस्टम ९ब्द्यक्० छ । ग्राहकहरुले यस मोटरसाइकलमा फिचरहरुको विविधता एवं व्यापकतासहितको समग्र प्याकेजको आकर्षण पाउनु हुनेछ ।

‘एक्स्ट्रिम २००आर’ लाई एकदम नयाँ प्रणालीको द्यक्(क्ष्ख् २०० सिसि एयर कुल्ड इन्जिनले शक्ति प्रदान गर्छ । ८००० आरपिएममा १८.४ पिएसको अधिकतम शक्ति र ६५०० आरपिएमा १७.१ एनएमको अधिकतम टर्क उत्पन्न गर्दछ ।

जसले गर्दा हरेक अवस्थामा प्रचुर शक्ति र टर्क प्रदान गर्ने हुन्छ । यो बाइकले ४.६ सेकेण्डमा ०–६० किमि\घण्टाको दौड गर्न सक्छ र यस्को गति उच्चतमविन्दू प्रति घण्टा ११४ किमि/सम्म पुग्दछ ।

‘एक्स्ट्रिम २००आर’ मा हलुकावजनको तर दह्रिलोखालको फ्रेम प्रयोग गरिएको छ, जसले उच्च गतिमा अत्याधिक स्थिरता कायम राख्न र कठिन मोडहरुमा मोटरसाइकल सम्हाल्न सहजता प्रदान गर्दछ ।

अत्यन्त निपूर्ण तरिकाले एर्गोनोमिक्स सहित तयार पारिएका ह्याण्डलबार, सिट र गोडा–राख्ने ठाऊँबीचको त्रिभुजले सही सन्तुलन प्रदान गर्दछ ।

भदौ २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्