आइएमई ग्रुपले सलाम एयरलाइन्स नेपाल भित्र्यायो

काठमाडौं – आइएमई ग्रुपले सलाम एयरलाइन्सको सेवालाई नेपाल भित्राएको छ । मंगलबार सलाम एयरको पहिलो उडान अवतरण भएसँगै काठमाडौं–मस्कट गन्तव्यका लागि नियमित उडान भर्नेछ ।

एयरलाइन्सको जीएसए (जनरल सेल्स ऐजेन्ट) व्यवस्थापनआइएमई गु्रपद्वारा प्रवद्र्धित आइएमई इन्टरनेशनलट्राभल प्रा.लिले गर्ने भएको छ ।

ओमानको पहिलो बजेट क्यारियरको रुपमा सन् २०१६ मा स्थापनाभई ३० जनवरी २०१७ देखि आफ्नो व्यवसायिकयात्रा सुरु गरेको सलाम एयरलाइन्सले मस्कटलाई आफ्नो हबबनाई १७४ सिट क्षमता टछ ।

एयरबस ३२०/२१४ द्वारा हालसम्म ढाका, बाकु, टिवलिस, दोहा,दुवई, सिलकोट, मुल्तान, कराँची, खार्तुम, जेद्दालगायत १३ वटा साथै सलाल र सुहार गरि २ वटा आन्तरिक क्षेत्रमा उडान भर्दै आएकोमा काठमाडौं थपगरि १६ वटा गन्तव्यमाआफ्नो हवाइ सेवा विस्तार गरेको छ ।

सलाम एयरले ओमानलगायत अन्य गन्तव्यमा तुलनात्मक रुपमा सस्तो र सुलभ भाडादर कायम गरेको छ । यसबाट वैदेशिक रोजगारीका लागि मध्यपूर्व एसियाका राष्ट्रहरुमा जाने नेपालीहरुले प्रत्यक्ष लाभ प्राप्तगर्न सक्नुका साथै नेपालको पर्यटन प्रवद्र्धनमा पनि योगदान पुग्ने आइएमई ग्रुपको दाबी छ ।

आन्तरिक तथा बाह्य क्षेत्रमा उडान विस्तार गरि हवाई यात्रुहरुको सेवा र सुविधालाई मध्यनजर गर्दै लाइट, फ्रेन्डली र फ्लेक्सी गरि ३ किसिमकावाई भाडा निर्धारण गरेको छ ।

भदौ २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्