रोहित पुन हत्याको विरोधमा जनकपुरमा तरुण दलको धर्ना

जनकपुरधाम- तरुण दलका रोल्पाका नगर अध्यक्ष रोहित पुनको हत्या विरोधमा जनकपुरमा मंगलबार प्रर्दशन गर्दै धर्ना दिएको छ।

नेपाल तरुण दलले जिल्ला प्रशासन कार्यालय धनुषा अगाडी धर्ना दिएका छन्।

पुनको हत्याको निष्पक्ष छानविन गरी संलग्नलाई कडा कारबाहीको माग गर्दै तरुण दलका नेता कार्यकर्ताहरु मंगलवार धर्नामा बसेका छन्।

हत्यारा सत्ताधारी पार्टीको रहेकाले सरसरकारले हत्यारालाई बचाउ गर्न खोजेको भन्दै उनीहरु आक्रोसित बनेका हुन्। तरुण दलका जनकपुर नगर सभापति राकेश विक्रम साहले पुणलाई अविलम्ब सहीद घोषणा गर्नुपर्ने समेत माग गरेका छन्।

तरुण दलका रोल्पा सभापति पुन २९ वर्षिय रोहित पुनको आइतवार राति गोली हानी हत्या भएको थियो। पूर्व वाइसिएल निकट देव बहादुर घर्तीले रेष्टुरेन्टमा सामान्‍य विवाद हुने क्रममा उनको गोली हानी हत्या गरेका थिए।

भदौ २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू