विश्वकप फाइनलिस्ट क्रोएसिया विरुद्ध स्पेनको आधा दर्जन गोल

युरोपियन फुटबलको नयाँ प्रतिस्पर्धा नेशन्स लिगमा स्पेनको प्रभावशाली प्रदर्शन कायम रहेको छ । नेशन्स लिगको लिग ए अन्तर्गतको खेलमा स्पेनले मंगलबार राति रुस विश्वकपको फाइनलिस्ट क्रोएसियामाथि शानदार जित दर्ता गरेको छ ।

लुइस इन्ड्रिकको टिम स्पेनले घरेलु मैदानमा भएको खेलमा क्रोएसियालाई ६–० ले हरायो । पहिलो हाफमा तीन र दोस्रो हाफमा तीन गोल गर्दै स्पेनले विश्वकपको फाइनलमा फ्रान्ससँग खेलेको क्रोएसियालाई निराश पारेको हो ।

पाँच गोल स्पेन आफैले गरेको हो भने एक गोल उपहारको रुपमा पाएको हो । २४ औँ मिनेटमा साउल निगुएजको गोलबाट स्पेनले सुरुवाति अग्रता लियो । ३३ औँ मिनेनटमा मार्को एसेन्सिओले गोल गर्दै अग्रता दोब्बर पारे ।

त्यसको दुई मिनेटपछि जोगाउने प्रयासमा क्रोएसियाका गोलरक्षक लभरेन कालिनिकले आत्मघाती गोल गरे र स्पेनलाई पहिलो हाफमा ३–० को अग्रता दिलाए ।

४९ औँ मिनेटमा रोड्रिगो, ५७ औँ मिनेटमा सर्जियो रामोस तथा ७० औँ मिनेटमा इस्कोले गोल गरेपछि स्पेनको ६–० को शानदार जित सम्भव भयो । लगातार दुई जित निकालेको स्पेन ३ अंकसहित समूह ए फोरको शीर्ष स्थानमा रहेको छ ।

भदौ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्