हरितालिका तिजको रौनक

पशुपतिनाथमा बिहानै तिजको उत्सव यस्तो देखियो

तिजको दिन बिहानै पशुपतिनाथ मन्दिरमा पूजा गर्न पुगेकी महिला । तस्बिर : बर्षा शाह/देश सञ्चार

काठमाडौँ – दिदीबहिनी–दाजुभाइ बिचको सम्बन्धको चार पर्व तिज बुधबार मनाईँदैछ । यो वर्ष भवान शिवको विशेष पूजाको पर्व पनि हो ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विदुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ ।

जाका लागि पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ । पशुपतिमा बुधबार पूजाका लागि तीन मार्गबाट प्रवेशको व्यवस्था मिलाइएको छ ।

बिहानैदेखि पूजा गर्नेको लाइन लागेको छ । देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले बिहानै पशुपति पुगेर दर्शनार्थीका तस्बिर खिचेकी छन् ।

भदौ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू