मार्सेलोले स्वीकारे चार महिनाको जेल सजाय

रियल मड्रिडका ब्राजिलियन स्टार मार्सेलो भिएइराले करछलीको आरोप स्वीकार गरेका छन् । उनले करछलीको आरोप स्वीकार गर्दै चार महिनाको जेल सजाय र जरिवाना तिर्न भएको स्पेनिस सञ्चारमाध्यमले जनाएका छन् ।

आफ्नो आय विदेशी फर्मलाई व्यवस्थित गर्न लगाएर ३० वर्षका मार्सेलोले चार लाख ९० हजार युरो करछली गरेको आरोप स्पेनिस अधिकारीले लगाएका थिए । मार्सेलोले ७ लाख ५० हजार युरो जरिवाना तिर्नु पर्ने भएको छ ।

स्पेनमा करछलीको आरोप लाग्ने र त्यसलाई स्वीकार गर्ने मार्सेलो पहिलो खेलाडी होइनन् । लियोनल मेस्सी, क्रिष्टियानो रोनाल्डो, नेइमारसहितका खेलाडीमाथि पनि यस्तो आरोप लागेको थियो र उनीहरुले पनि जेल सजाय तथा जरिवाना स्वीकार गरेका थिए ।

स्पेनिस कानुन अनुसार दुई वर्षभन्दा कम समयको कैदका लागि जेलमा बस्नु पर्दैन । यसले गर्दा मार्सेलो पनि जेल भने जानु पर्ने छैन ।

भदौ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्