‘नाडा अटो शो’ मा सार्वजानिक भए यी गाडी, कुनको मूल्य कति, विशेषता कस्ता ?

काठमाडौँ– मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘नाडा अटो शो’ मा विभिन्न कम्पनीले नयाँ गाडी भित्र्याएका छन् ।
हरेक वर्ष हुँदै आएको अटो मेला यस पटक ६ दिनसम्म चल्ने छ । ‘नाडा अटो शो’को तेह्रौं संस्करणमा विभिन्न कम्पनीहरुका नयाँ–नयाँ गाडि भित्रिएका छन्।

यस पटक विद्युतीय सवारी साधान पनि विशेष आकर्षणमा परेका छन् । मेलामा ७१ वटा कम्पनीहरु सहभागी रहेका छन् । १९ वटा ब्राण्डका ४ पाँग्रे र २० वटा ब्राण्डका दुई पाँग्रे गाडी प्रदर्शनिमा राखिएको छ।

यस पटक मेलामा १ सय ३४ वटा स्टल रहेका छन् । ‘नाडा अटो शो’ लाई गाडी व्यवसायीले नयाँ गाडीबारे जानकारी दिने र गाडीको प्रवद्र्धन गर्ने थलोका रूपमा प्रयोग गर्दै आएका छन् ।

ई भरिटो


अग्नि इन्कर्पोरेटेड प्रालिले महिन्द्राको विद्युतीय गाडी सार्वजनिक गरेको छ । कम्पनीले २८ लाख ८० हजार रुपैयाँ मूल्य रहेको ई भरिटो गाडी सार्वजनिक गरेको हो । गाडीको ग्राउन्ड क्लिरेन्स १७० एमएम छ । गाडीमा ७२ भोल्टको ब्याट्री राखिएको छ ।

कार नर्मल चार्जरबाट ८ घन्टा ४५ मिनेट र फास्ट चार्जरबाट एक घन्टा ४५ मिनेटमा फुलचार्ज हुने कम्पनीको दाबी गरेको छ । फुलचार्ज भएपछि यो गाडी एक सय १० किलोमिटरसम्म गुड्न सक्छ ।

सीआर–भी र अमेज


स्याकार ट्रेडिङ कम्पनीले मेलामा होन्डाका दुईवटा कार सार्वजनिक गरेको छ । कम्पनीले सीआर–भी र अमेज नेपाली बजारमा ल्याएको हो।
१४९६ सीसी इन्जिन क्षमताको सीआर–भीको मूल्य एक करोड २६ लाख रुपैयाँ रहेको छ। कारले १४९ किलोवाट ९१८ (एचपी)मा ५६०० आरपीएम शक्ति र २४० एनएममा २००० आरपीएम टर्क उत्पन्न गर्छ। १३ किलोमिटर प्रतिलिटर गुड्ने गाडीको ग्राउन्ड क्लियरेन्स २०८ एमएम छ।

११९९ सीसी इन्जिन क्षमताको अमेजको मूल्य ३५ लाख ६५ हजार रुपैयाँ तोकिएको छ। कारले ९० पीएसमा ६००० आरपीएम शक्ति र ११० एनएममा ४८०० आरपीएम टर्क उत्पन्न गर्छ। १९।५ किलोमिटर प्रतिलिटर गुड्ने गाडीको ग्राउन्ड क्लियरेन्स १७० एमएम छ।

ई टिगोर र नेक्सन


सिप्रदी ट्रेडिङले नाडा अटो सोमा दुईवटा गाडी सार्वजनिक गरेको छ। नेपालका लागि आधिकारिक बिक्रेता रहेको सिप्रदीई टिगोर र नेक्सन क्रेजटाटा मोटर्स सार्वजानिक गरेको हो । कम्पनीले विद्युतीय गाडी टिगोर र नेक्सन नेपाली बजारमा ल्याएको हो।

भारतीय बजारमा यो गाडी सार्वजनिक भएपछि मात्र नेपाली बजारमा बिक्रीवितरण गरिने कम्पनीले जनाएको छ । कारमा लिथोनियम आयोन २१६ एएच, ७२ भोल्टको ब्याट्री राखिएको छ । कार नर्मल चार्जरबाट ६ घन्टा र फास्ट चार्जरबाट डेढ घन्टा मिनेटमा फुलचार्ज हुने कम्पनीको दाबी छ। फुलचार्जमा एक सय ३० किलोमिटरसम्म गुड्ने कारको गति एक सय किलोमिटर प्रतिघण्टा छ। अगाडि डिक्स र पछाडि ड्रम ब्रेक भएको कारको ग्राउन्ड क्लियरेन्स १७० एमएम छ।

नेक्सनको इन्जिन क्षमता ११९८ सीसी छ। कारले ११० पीएस ९८०।९ किलोवाट०मा ५००० आरपीएम शक्ति र १७० एनएममा १७५०–४००० आरपीएम टर्क उत्पन्न गर्छ। गाडीको ग्राउन्ड क्लिरेन्स २०९ एमएम छ। कारको मूल्य ४६ लाख ७५ हजार रुपैयाँ तोकिएको छ।

स्कोडा


एमएडब्लूलेस्कोडाको पहिलो फुलसाइज्ड एसयूभी कोडियाक सोकेस सार्वजनिक गरेको छ। २.० लिटर फोर सिलिन्डर इन्जिन भएको यो सेभेनसिटरमा सेभेन स्पिड डीएसजी अटोमेटिक गियर बक्स छ। कोडियाकको डिजेल इन्जिनले अधिकतम १४८ बीएचपी शक्ति र ३४० एनएम टर्क उत्पन्न गर्छ। ग्राउन्ड क्लियरेन्स १८८ एमएम भएको कारको मूल्य एक करोड ४९ लाख रुपैयाँ तोकिएको छ।

 

जीप कम्पास


संसारकै पहिलो एसयूभी भनेर चिनिने जिप ब्रान्ड कम्पास नाडा अटो सोमा सार्वजनिक गरिएको छ। कम्पास १.४ (मल्टिएयर पेट्रोल) र २.० (मल्टिजेट डिजेल) इन्जिनमा उपलब्ध छ।

१.४ लिटरको इन्जिनले १६२ पीएस र २५० एनएमको टर्क उत्पन्न गर्छ भने २.० लिटर इन्जिनले १७३ पीएस र ३५० एनएम टर्क उत्पन्‍न गर्छ । पेट्रोल इन्जिनमा ६ स्पिड म्यानुअल गियर बक्स वा ७ स्पिड डीसीटी अटोमेटिक गियर यसको मूल्य ६८ लाख ५० हजारदेखि ९६ लाख ५० हजार रुपैयाँ तोकिएको छ।

एक्स्ट्रिम २०० आर


हिरो मोटोकर्प लिमिटेडले नाडा अटो सोको अवसरमा ‘एक्स्ट्रिम २०० आर’ सार्वजनिक गरेको छ। यो मोटरसाइकलमा बीएस–आईभी २०० सीसी एयर कुल्ड इन्जिन जडान गरिएको छ। मोटरसाइकलले ८००० आरपीएममा १८।४ पीएस शक्ति र ६५०० आरपीएममा १७.१ एनएम टर्क उत्पन्न गर्छ। ४.६ सेकेन्डमा ० देखि ६० किलोमिटर स्पिड लिन सक्ने यसको उच्चतम बिन्दु प्रतिघन्टा ११४ किलोमिटर छ। यसको मूल्य दुई लाख ८६ हजार पाँच सय रुपैयाँ छ।

टीभीएस अपाचे आरआर ३१०


टीभीएस अपाचे आरआर ३१० पनि मेलामा सार्वजनिक गरिएको छ । यो आकर्षक डिजाइन, शक्तिशाली इन्जिन, सर्वोत्कृष्ट पर्फर्मेन्स र राइडड्ड डाइनामिक्सले भरिपूर्ण मोटरसाइकल भएको कम्पनीको दाबी छ । रेजर सार्प ह्यान्डलिङ र सुपेरियर प्रविधिको यो मोटरसाइकल ३६ वर्षको रेसिङ विरासतको प्रमाणित स्वरूप हो ।

मोटरसाइकलमा ३१२ सीसी सिंगल सिलिन्डर, फोर स्ट्रोक, फोर भल्भ, लिक्विड कुल्ड इन्जिन छ। ३४ पीएसमा ९७०० आरपीएम र २७।३ एनएमआर पीएम उत्पादन गर्छ। ६–स्पिड गियर बक्स भएको मोटरसाइकलको अधिकतम स्पिड १६० किलोमिटर प्रतिघण्टा छ । मोटरसाइकलको मूल्य सात लाख ७९ हजार ९०० रुपैयाँ तोकिएको छ।

भदौ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्