कञ्चनपुरमा फेरि बलात्कार, दश वर्षकी बालिका बलात्कारको आरोपमा ४० वर्षका आइते पक्राउ

सांकेतिक तस्बिर ।

कञ्चनपुर – दश वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा महाकाली नगरपालिका–४ का ४० वर्षीय आइते सुनारलाई प्रहरीले नियन्त्रमा लिएको छ ।

मङ्गलबार साँझ सुनारले बालिकामाथि जबर्जस्ती करणी गरेका थिए ।

सुनारलाई स्थानीयवासीको सहयोगमा इलाका प्रहरी कार्यालय दोधारले नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।

भदौ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्