भारतको असाममा ५.६ म्याग्निच्युडको भूकम्प, पूर्वी नेपालमा पनि धक्का

काठमाडौँ – भारतको असाम केन्द्रविन्दु भएर भूकम्प गएको छ । उत्तर पूर्वी क्षेत्र र पश्चिम बंगाल आसपास केन्द्र भएर भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ विभाग युएसजिएसका अनुसार भारतको असाम राज्यको सपतग्राम केन्द्रविन्दु भएर ५.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का नेपालको पूर्वी क्षेत्रका विभिन्न ठाउँमा पनि महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले नेपालमा केन्द्र भएर भूकम्प नगएकाले आफूहरुले केही भन्न नसक्ने बताए । भारतका उत्तरपूर्वी तथा पश्चिम बंगालका विभिन्न ठाउँमा ठूलो धक्का महसुस भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भदौ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्