हरितालिका तिजको रौनक

पशुपतिनाथमा तिज उत्सव (फोटो फिचर)

काठमाडौँ –  तिजको अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । पशुपतिमा दर्शनका लागि तीनवटा मार्गबाट प्रवेशको व्यवस्था गरिएको छ ।

पशुपतिमा कोही दर्शनका लागि लाइनमा छन् भने दर्शन गरेकाहरु नाचगानमा व्यस्त छन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विदुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले दर्शनार्थीका तस्बिर खिचेकी छन् ।

भदौ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू