कञ्‍चनपुरमा कालो सारी लगाएर महिलाको दबाबमुलक तिज

१३ वार्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारवाहीको माग र बलात्कारीलाई फाँसीको माग गर्दै कालो सारीमा देखिएका महिला। उनीहरुले कालो सारी परिरिएरै तीज मनाएउँदै छन्। तस्बिर-दिनेश ठकुल्ला/देश सञ्‍चार

धनगढी- भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व बुधवार महेश्वरको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्‍वास छ।

रातो पहिरनमा सजिएर नाचगाउन गर्दै मनाईरहेका छन्। तर, कञ्चनपुरमा भने महिलाहरुले तीज फरक तरिकारले मनाईदैछ। उनीहरु न त तीजमा महेश्वरको पूजाआराधना गर्दैछन न त सुख, शान्तिको कामना।

१३ वार्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारवाहीको माग र बलात्कारीलाई फासीको व्यवस्था माग गर्दै कञ्चनपुरका महिलाहरु कालो सारी लगाएर तीज मनाउदैछन्।

हेलेन श्रेष्ठको नेतृत्वमा निर्मला पन्तका बलात्कारीलाई सार्वजनिक गर, बलात्कारीलाई फासीको सजायका लागि सविधान सशाधेन गर भन्ने व्यानर सहित महिलाहरु कालो सारी लगाएर महेन्द्रनगर बजारको चौकमा जम्मा भएर तिज मनाईरहेका छन्।

 

 

महेन्द्रनगर बजारको मुख्य मदनचोकमा भेला भएका महिलाहरु निर्मला पन्तका हत्यारालाई कारवाही गर्न कालो सारी लगाएर तीज मनाउदै सरकारलाई खबरदारी गरिरहेका छन्।

महिला अधिकारका क्षेत्रमा क्रियाशील महिला र सर्वसाधारणहरू चोकमा भेला भएका छन्।भेला हुने क्रम बढ्दै गइरहेको छ। यसअघि महेन्द्रनगरमा स्थानीय पर्व गौरालाई पनि विरोधकै रुपमा मनाइएको थियो।

भदौ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्