वसन्तपुरमा तिजको रौनक (फोटो फिचर)

वसन्तपुर दरवार स्वायर क्षेत्रमा तिजको गीतमा छमछमी नाँच्‍दै महिलाहरु।ज देशभर हिन्दु नारीहरु तिज हर्षोल्लासका साथ मनाउँदै छन्। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार

काठमाडौं- नेपाली नारीहरुको पर्व तिजको अवसरमा वसन्तपुर दरवार स्वायर क्षेत्रमा बिहानैदेखि रौनकता छाएको छ।

महिलाहरु कोही आपसमा तीजको गीतमा छमछमी नाँचिरहेका छन् भने कोही ताली बजाइरहेका छन्। पोते र चुरामा सजिएका नारीहरु रातै सारीमा कम्मर मर्काइ नाँचेको देखिन्छ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विदुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ।

देश सञ्‍चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका तस्बिरहरु

भदौ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्