मथिलाञ्‍चलमा चौठचन्द्र र तीजको उत्साह एकै दिन

फाइल तस्बिर।

जनकपुरधाम- जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा आज चौठचन्द्र पर्व मनाउँदै छ। भदौ महिनाको शुक्लपक्ष चौठी तथा गणेश चतुर्थीका मनाने चौठचन्द्र पर्वलाई मिथिलाञ्चल छठपछीको दोस्रो ठूलो पर्वको रुपमा लिइन्छ।

चौठचन्द्र पर्वका दिन ब्रत बस्ने चलन छ। यस पर्वको माध्यमबाट मैथिल कला संस्कृतिको समेत उजागर हुन्छ।चौठचन्द्रमा विशेषतः चन्द्रमाँको पूजा गर्ने भएकोले आँगनमा चामलको पिठोले कलात्मक अरिपन बनाई पूजाका सामग्री राखेर पूजा गर्ने गरिन्छ।

आजको दिन चन्द्रलाई फलफूल वा नैवेद्य विना दर्शन गरियो भने वर्षभरी नै कंलकित हुने जनविश्वास छ। चौठचन्द्रका दिन घरका सम्पूर्णले चन्द्रको पूजा समय साँझमा मात्र दर्शन गर्ने र हातमा केही फलफूल लिएर ढोग्‍ने चलन छ।

मिथिलाको चौठचन्द्र पर्वमा गणेश र चन्द्रमाको कथा सुन्‍ने समेत परम्परा रहीआएको छ।

भदौ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्