दोस्रो हाफ सुरु, नेपाल दबाबमा

काठमाडौं- बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ-साफ च्याम्पियनसिपअन्तर्गत सेमिफाइनलमा अहिले नेपाल र मालदिभ्स खेलिरहेका छन्। पहिलो हाफको समाप्तीमा मालदिभ्स १-० गोलले अगाडि छ। दोस्रो हाफ भर्खरै सुरु भएको छ।

मालदिभ्सले नवौं मिनेटमा फ्रिकिकमार्फत गोल गरेको थियो। मालदिभ्सका कप्तानले करिब २० यार्ड टाढाबाट सेकेन्ड बार च्यापेर गरेको प्रहार गरेको भएको थियो।  पहिलो हाफको अन्त्यतिर नेपालका कप्तान भरत खवासले खाली पोष्टमा गोल गर्न सकेनन। गोलरक्षकले बल फुत्काएपछि बनेको अवसरमा भरतले गोल लाइन नजिकैबाट प्रहार गरेपनि फ्रेमभित्र परेन।  नेपाल साफ च्याम्पियनसिपको फाइनलमा अहिलेसम्म पुग्न सकेको छैन।

मालदिभ्स भने एकपटकको विजेता,तीनपटकको उपविजेता र पाँचपटकको सेमिफाइनलिस्ट हो। यसअघि समूहगत चरणमा नेपालले पाकिस्तानसँग २-१ गोलले हारेको थियो भने भुटानलाई ४-० र बंगलादेशलाई २-० गोलले हराएको थियो। यता भारतसँग २-० ले पराजित भएको मालदिभ्सले श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो।

भदौ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्