सामसङ ग्यालेक्सी जे टु कोर सार्वजनिक, यस्ता छन् विशेषता

Print

काठमाडौं – सामसङ इलेक्ट्रोनिक्सले आफ्नो पहिलो एनरोइडगो स्मार्ट ग्यालेक्सी जे टु कोर सार्वजनिक गरेको छ । स्मार्टफोन प्रयोगकर्ताले चाहने सबै खालका विशेषता भएको यो मोवाईलको मूल्य कम रहेको सामसङ इलेक्ट्रोनिक्सले जनाएको छ।

ग्यालेक्सी जेटु कोरले पूर्ण मात्रामा स्मार्ट फोनको अनुभव दिलाउने र यसमा परिष्कृत ब्याट्री, भण्डारणक्षमता, राम्रो कार्य सम्पादन र विशेषगरी पहिलो पटक प्रयोग गर्नेहरुलाई अपिल गर्ने खालको रहेको आईम विजकाप्रणय रत्न स्थापितले दावी गरे ।

कार्य सम्पादन गर्ने विशेष गुण रहेका कारण व्याट्री लामो समयसम्म टिक्ने र एनरोइडओरिओलाई लक्षित गरेर बनाइएको छ ।

यसमा अप्टीमाइज डाटा कन्ट्रोल रहेको कारण सजिलो रुपमा नै व्यवस्थापन गर्न सकिनेछ । यसमा पहिलेका अफरभन्दा १.५ गुण बढी भण्डारण क्षमता उपलब्ध छ २६ हजार एमएएच व्याट्री रहेको छ ।

यो फोनमा दुईवटा क्यामरा रहेकाछन् । पहिलो ८ मेगापिक्सल क्यामरा हो जसको ठ्याक्कै पछाडि फ्ल्यास रहेको छ । अर्काे चाहि अग्र भागमा नै ५ मेगापिक्सल क्यामरा रहेको छ ।

दुवै क्यामरा एफ २.२ अपरेचर रहेको छ जसमा परिष्कृत वाइड एङगल फोटोग्राफीको सुविधा छ । अनि, व्युटीमोडको विशेषता रहेको छ । यसको मुल्यरु. ११ हजार ६ सय ९० रुपैयाँ रहेको छ ।

भदौ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्