इलाका प्रहरी ईन्चार्ज यादव घुस सहित पक्राउ

महोत्तरी- महोत्तरीमा नेपाल प्रहरीका एक जना सई पाँच हजार रूपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्। रामगोपालपुर इलाका प्रहरी कार्यालयका इञ्चार्ज रामबाबु यादवलाई बुधवार अख्तियारको टोलीले पाँच हजार रूपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो।

भारतबाट समान ल्याइदिन सजलो वातावरण बनाइ दिने भन्दै खुद्रा व्यापारीसँग पैसा लिइरहेका बेला अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिवासको टोलीले उनलाई पक्राउ गरेको हो।गोप्य सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले यादवलाई नियन्त्रणमा लिएको थियो।

अख्यितार कार्यालयका अनुसार सई यादवले स्थानीय खुद्रा व्यापारीसँग पाँच हजार नगद घुस मागेका थिए।यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको अख्तियारको कार्यालय बर्दिवासले जनाएको छ।

भदौ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्