मिष्टर एण्ड मिस टीन सुदूरपश्चिमाञ्चल, क्रिस र प्रीयालाई उपाधि

धनगढी – धनगढीमा सम्पन्न मिस्टर एण्ड मिस टीन सुदूरपश्मिाञ्चल २०१८को दोस्रो संस्करणको उपाधि क्रिस धामी र प्रीया दाहलले हातपारेका छन् । धनगढीको अप इन्टरटेनमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगितामा मिस्टर टीनको उपाधि धनगढीका क्रिस धामीले जितेका छन् भने मिस टीनको उपाधि धनगढीकै प्रीया दाहालले जितेकी छिन् ।

१२ जना पुरुष प्रतियोगिलाई पछि पार्दै धामीले उपाधि जितेका हुन् भने २३ जना महिला प्रतिष्पर्धीलाई पछि पार्दै प्रीयाले उपाधि जितेकी छिन ।
साउन १६ गते भएको अडिसनमा भागलिएका ३६ जनाबाट छनौट भएका २४ महिला प्रतिस्पार्धी र पुरुष १२ जनालाई विभिन्न तालिम पश्चात ग्राण्ड फिनालेमा उतारिएको संस्थाका अध्यक्ष शुशिल चन्दले बताए ।

धनगढीको ओम प्यालेसमा भएको प्रतियोगितामा महिलातर्फ प्रतिमा शिलवाल फस्ट रनरअप भइन् भने सिर्जना सिंहले सेकेण्ड रनरअपको उपाधि हात पारिन् । त्यसै गरी मोष्ट स्टाइलिस र मोस्टपपुलरको अवार्ड प्रीयान्सु रोकायाले हात पारिन् । वेष्ट क्याटवाक अवार्ड अमिसा ढकालले जितिन् ।

त्यसै गरी पुरुषतर्फ फस्ट रनरअपको उपाधि जाहिद अलि विगले हातपारे भने सेकेण्ड रनअप रुजुल भट्ट घोषीत भए । प्रतियोगितामा अतिथि निर्णायकमा भोजराज पाठक, मिस भिभा नेपाल २०१७ की अग्रणी जोशी र प्रमोद श्रेष्ठ थिए । प्रतियोगिताको कोरियोग्राफी अश्वीन झाले गरेका थिए भने प्रतियोगिताको निर्देशन दिपेन चन्दले गरेका थिए ।

भदौ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्