पोप फ्रान्सीस अर्को वर्ष जापान जाने

भ्याटिकन सिटी- पोप फ्रान्सीसले आउँदो वर्ष आफू जापान जाने घोषणा  गरेका छन्।

झण्डै ४० वर्ष अघि जोन पावल द्वितीयपछि पहिलो पटक उनले सन् २०१९ मा जापानको भ्रमण गर्ने भएका हुन्।

“मैले तपाईहरुसँग प्रतिबद्धता व्यक्त गर्न चाहन्छु कि म अर्को वर्ष जापान आउनेछु,” भ्याटिकनसिटीमा एउटा जापानीज टोलीसँगको भेटमा उनले भने। उनले आफ्नो यो चाहना पूरा हुने विश्वास पनि व्यक्त गरेका छन्।

जापानी युवाहरुको सो टोलीले युवा र अनाथका लागि प्रशिक्षण कोष बनाउन सहयोग गर्न फ्रन्सीस जापान जान लागेको बीबीसीले जनाएको छ।

उनले भनेका छन्, ‘तपाईहरु धर्म, संस्कृति र अर्थतन्त्रका लागि सँगसँगै मिलेर काम गर्न सक्नुहुन्छ, त्यो विश्वव्यापी रुपमा मानवताका लागि शान्तिपूर्ण रुपमा हुनुपर्दछ ।”

फ्रान्सीसले यसअघि फिलिपिन्स, सन् २०१४ मा श्रीलङ्का र त्यसपछि म्यान्मा तथा बङ्लादेशको भ्रमण गरेका थिए। जापानमा भने यसअघि पोप जोन पावल द्वितीयले सन् १९८१ मा भ्रमण गरेका थिए।

भदौ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्