हरितालिका तिज उत्सव

भक्तपुरका गाउँ पुग्दा तीजको रौनक यस्तो देखियो

भक्तपुरका गाउँ पुग्दा तीजको रौनक यस्तो देखियो

भक्तपुरको महादेवथानमा नाँच्दै गरेकी बालिका र महिला। सबै तस्बिरहरु-दीपा दाहाल/देश सञ्‍चार

काठमाडौँ-शहर छिचोल्दै भक्तपुरका केही गाउँ पुग्दा तिजको रौनक झनै देखिन्छ। यतिबेला हामी कटुञ्‍जेलको सुशिला भैरव मन्दिरमा छौं। जहाँ सबेरैदेखि स्थानीय महिला भगवान शिवको पूजा आराधनामा व्यस्त छन्।

विहान पूजाआराधानामा व्यस्त महिला अहिले खुलेर नाँच्दै छन्। जहाँ तपाईले साना नानीदेखि वृद्धहरुलाई समेत देख्‍न सक्नुहुन्छ।

हर्ष, उमङ्ग र सद्‌भाव बोकेको तीजलाई नेपाली महिलालाई आफ्नो विशेष पर्वको रुपमा लिने गर्छन्। त्यो यहाँका महिलामा पनि महसुस गर्न सकिन्छ।

नेपाली महिलाले आफ्नो परम्परालाई निरन्तरता दिँदै तिज मनाउँदै आएका छन्। उनीहरुले यसलाई आफ्नो धर्म र संस्कृतिसँग पनि जोडेर हेर्ने गर्छन्। तिजमा व्रत बस्‍नु, भगवान शिवको दर्शन गर्दा प्रशन्‍न हुन्छन् उनीहरु।

भदौ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्