खोलामा आएको बाढीले बेनीमा सय मिटर बाटो बगायो

काठमाडौँ- बेनीको राहुघाट खोलामा आएको बाढीले सय मिटर बाटो बगाएको छ।

मुस्ताङमा पानी परेकोले खोलामा बाढी आएको हुन सक्ने बेनी प्रहरी चौकीका इन्सपेक्टर लोकबहादुर गुरुङले देश सञ्‍चारलाई जानकारी दिए।

उनले भने ‘ राहुघाट खोलामा पानीको बहाब बढेको छ। मुस्ताङ तिर पानी परेको हुन सक्छ।’

यस्तै  कालीगण्डकी खोलामा एक्कासी पानीको बहाब बढेको स्थानीय लक्ष्मण शर्माले जानकारी दिए।

उनका अनुसार मुस्ताङ तातोपानी सडकको १०० मिटर बगाएको छ।

उनले भने, ‘खोलामा पानीको बहाब बढेपछि बेनी बजार लगायत गलेश्वर, नयाँ पुल क्षेत्र प्रभावित हुनेछ। तर खोलाले अहिलेसम्म कुनै क्षति नभएको छैन।’

भदौ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्