राष्ट्रपति विद्या भण्डारीद्वारा पशुपतिको दर्शन

काठमाडौं- हिन्दू नारीहरुको महान चाड हरितालिका तीजमा राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिको दर्शन गरेकी छिन्।

ई–सिक्स मोडलको उक्त कारको प्रयोग गरेर ७ बजे पशुपतिको दर्शन गरेकी हुन।

भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वमा राष्ट्रपति भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न जानुहुँदा उहाँलाई पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापालगायत कोष सञ्चालक परिषद्का सदस्य एवं कर्मचारीले स्वागत गरेका थिए।

उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टले फूल एवं प्रसाद दिएका थिए। पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर उपत्यकाबाहिर धनेश्वर, कुशेश्वर, हलेसीलगायत देशभरका शिव मन्दिरमा पनि भक्तजनको घुइँचो लाग्यो ।

भदौ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्