पाकिस्तानमाथि ३–१ को जित निकाल्दै भारत फाइनलमा

काठमाडौँ – साबिक विजेता भारत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । बंगलादेशमा जारी प्रतियोगिता अन्तर्गत बुधबार बेलुका भएको सेमिफाइनलमा पाकिस्तानलाई ३–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

बंगबन्धु रंगशालमा भएको खेलमा भारतले पाकिस्तानलाई हराएको हो । भारतको जितमा मनवीर सिंहले दुई गोल गरे । यसतै सुमीत पासीले एक गोल गरे ।

भारतले उपाधिका लागि अब माल्दिभ्ससँग भेट भयो । फाइनल खेल आउँदो शनिबार हुँदैछ । माल्दिभ्स नेपाललाई ३–० ले हराउँदै फाइनलमा पुगेको हो ।

भदौ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्