काठमाडौँ – प्रधानन्यायाधीशका लागि सिफारिस भएर पनि संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएका न्यायाधीश दीपकराज जोशीले अबदेखि नियमित काम गर्ने भएका छन् ।

सर्वोच्चले बिहीबारका लागि तोकेको पेशीमा न्यायाधीश जोशीले पनि इजलास पाएका छन् । प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि घर बिदामा बसेका जोशी नयाँ प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नियुक्तिपछि सर्वोच्चमा फर्किएका थिए ।

प्रधानन्यायाधीश मिश्रले तोकेको पेशीमा जोशीले बिहीबार लागि एकल र संयुक्त इजलास दिइएको छ ।

भदौ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्