प्रविधिको उपयोग

पाँच मिनेटमा विद्युत महशुल बुझाउदा..

दाङ-बिजुलिको बिल ८० रुपैयाँ।त्यही बिल तिर्न त्यहिनै रकम खर्च गरेर बिद्युत प्राधिकरण लमही जानू पर्ने बाध्यता। राप्ती गाउँपालिका वडा नम्बर ५ निवासि केशुराम चौधरीले बिजुलिको बिल तिर्न बिलमा आएको रकम भन्दा बढि खर्च गरेर लमही जान्थ्ये। तर, बिद्युत प्राधिकरणले ई–सेवा मार्फत बिद्युत महशुल बुझ्नथालेपछि गाउँ बाटै महशुल बुझाउन थाले। ‘यही सिसिहनियाबाट विद्युतको पैसा बुझाउँछु।

मजदुरी गरेर घर खर्च चलाउने म जस्ता धेरैलाई सजिलो भएको छ’चौधरीले भने–‘विद्युत बुझाउन एक दिन समय खर्चनु पर्थ्यो। दिनभरि लाईनमा कुर्नु पर्थ्यो । तर, कम्प्युटर वाट गाउँ वाटै बिल बुझाउन पाउँदा खुसी लागेको छ।’

बिद्युत कार्यालयले ई–सेवा मार्फत महसुल बुझ्न थालेपछि गाउँका सेवाग्राहीलाई सजिलो भएको छ । गाउँमा नेटको पहुँच पुगेपछि र ई–सेवाको सेवा बिस्तार भए पछि महसुल बुझाउन सहज भएको हो । पछिल्लो समय प्रबिधिको विकासले नागरिकको दिन चर्या सहज बनेको हो । एउटा उपभोक्ताले घरमा बसि बसि सार्वजनिक सेवाको शुल्क तिर्न सक्ने भएको हो ।

‘लमही जान आउन ६० रुपैयाँ गाडि भाडा, ६० रुपैयाँ खाजा खर्च हुन्थ्यो । यति मात्रै होइन दिनभरी उतै लाईनमा बस्नु पर्दा एक दिन त्यसै जान्थ्यो’चौधरीले भने–‘असार, साउन, भदौ महिनाको बिल ई–सेवा मार्फत भुक्तानी गरे । ५ मिनेटमा काम सकियो ।’ प्रबिधिको बिकासले अतिरिक्त रकम खर्च नहुदा बचत भएको छ ।

सिसहनियामा रहेको यास्ना कास्मेटिक एण्ड पतञ्जलि पसलवाट ई–सेवा मार्फत बिद्युत महशुल भुक्तानी गरिदै आएको छ ।‘१० बजे देखि ११ बजेको को बिचमा १९ जनाको भुक्तानी भयो । दैनिक ३५–४० जनाले बिल बुझाउन आउनुहुन्छ’पसलका सञ्चालन यदुवंशी चौधरीले भने–‘बिद्युत बुझाएको रसिद दिदा प्रिन्ट गर्नु पर्ने हुदा प्रत्येक सेवाग्राही बाट दश रुपैयाँ शुल्क लिने गरेको छु । नेट, चलाउनु पर्याे, कागज किन्नु परो, बिल प्रिन्ट गर्नु परो त्यसको लागि न्युनतम शुल्क लिने गरेको हुँ ।’

दाङ जिल्लामा बिद्युत कार्यालयले ई–सेवा मार्फत बिद्युत महशुल बुझ्न सुरु गरेपछि कार्यालयमा लाईन लागेर रकम बुझाउनेहरुको संख्यामा कमी आउन थालेको छ । कार्यालयमा भिड कम हुन थालेको हो।

भदौ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्