निर्मलाको सिंगल रेप थियो कि ग्याङ रेप? यस्तो छ डीएनए रिपोर्ट

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्त ।

काठमाडौं- कन्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अपराधी पत्ता लगाउन प्रहरीले शंकास्पदहरुको डीएनए परिक्षण गर्न सुरु गरेको छ। यसअघि प्रहरीद्वारा अभियुक्त बनाइएका दिलिपसिंह विष्टको डीएनए परीक्षणमा उनी निर्दोष देखिएका थिए।

डीएनए परीक्षणका लागि घटना लगत्तै निर्मलाको योनीबाट लिएको नमूना परीक्षणमा उनलाई एक जनाले मात्र बलात्कार गरेको पाइएको छ। प्रहरी प्रधान कार्यालय स्रोत भन्छ, ‘निर्मलाको सिंगल रेप भएको देखिन्छ। डीएनए परीक्षणमा निर्मलाबाहेक अर्को एक जनाको मात्र डीएनए प्रोफाइल देखिन्छ।’ प्रहरीले बिहीबार निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको हुनसक्ने आशंकामा निलम्बित एसपी डिल्लीराज बिष्ट, उनका छोरा किरण,  भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका भतिजा आयुश बिष्टको  डीएनए परीक्षणका लागि नमूना संकलन गरेको छ।

कन्चनपुरको भीमदत्त नगरपालिकामा साउन ११ गते उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मलाको शव भेटिएको थियो। उनका बलात्कारी र हत्यारा अझै पक्राउ पर्न सकेका छैनन्। मृतकका आफन्तले भने प्रहरी आफैँले घटनास्थलका प्रमाण नष्ट गरेर अपराधीलाई जोगाईरहेको आरोप लगाउँदै आएका छन्।

भदौ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्