निर्मलाको बुवाआमाको उपस्थितिमा माइतीघर मण्डलामा दीप प्रज्वलन

काठमाडौँ- बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको पक्षमा न्‍याय र दोषीलाई कारबाहीको माग गर्दै माइतीघर मण्डलामा बिहीबार दीप प्रज्वलन गरिएको छ। दीप प्रज्वलनमा निर्मलाको आमा दुर्गादेवी र बुवा यज्ञराज पन्तको उपस्थितिमा कञ्‍चनपुरबाट आएका महिला अधिकारकर्मी र स्थानीयहरु उपस्थित थिए।

मण्डलामा उपस्थित सबैले निर्मलाको पक्षमा न्‍याय माग्दै उनको फोटो र मैनबत्ती हातमा लिएका थिए। यस्तै कोही ‘जस्टिस फर निर्मला’ लेखेको ब्यानर बोकेर मौन रुपमा सरकारसमक्ष न्‍याय मागिरहेका थिए।

बिहीबार नै निर्मलाका आमाबुवा, महिला अधिकारकर्मी र स्थानीय कञ्‍चनपुरका महिलाहरुले रिपोर्टस् क्लबमा पत्रकार सम्‍मेलन गरेर प्रधानमन्त्री, राष्ट्रपति र सम्बन्धित सबैसँग निर्मलाको न्‍यायको लागि आग्रह गरेका थिए।

भदौ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्