शुक्रबार देशभरको मौसम कस्तो रहला ?

फाइल तस्बिर ।

काठमाडौँ – शुक्रबार देशभरको मौसम सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार दिउँसो देशभरी सामान्य बदली रही पूर्व र मध्यका केही तथा पश्चिमका एकदुई स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

त्यस्तै आजराति देशका मध्य र पश्चिमका धेरै जसो स्थानमा आंशिक देखी सामान्य रुपले बदली र पूर्वका धेरै जसो स्थानमा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ ।

केही स्थानमा भने ठूलो पानी पर्ने सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।

भदौ २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू