एक महिना लामो विदेश भ्रमणमा निस्कदै पूर्व राजा शाह

काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाह एक महिना लामो विदेश भ्रमणका लागि शुक्रबार थाइल्याण्ड प्रस्थान गर्ने भएका छन् ।

उनी थाइल्याण्डबाट श्रीलंका, मालदिभ्स र भारत हुँदै करिब एक महिनापछि नेपाल फर्कने उनको निजि सचिवालय श्रोतले जानकारी दिएको छ।
पूर्व राजा शुक्रबार दिउँसो थाइ एयरलाइन्सको उडानबाट बैंकक तर्फ प्रस्थान गर्नेछन् ।

निजि भ्रमणका क्रममा विदेश निस्कन लागेका पूर्व राजा शाहले करिब एक महिनाको अवधीमा पारिवारीक भेटघाट र भ्रमणमा बिताउने पनि उनको सचिवालयले जानकारी दिएको छ ।

भदौ २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्