पोखरा उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी

पोखरा – आउँदो असोज ५ र ६ गते हुन गइरहेको पोखरा उगद्योग वाणिज्य संघको ३२ औँ महाधिवेशनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ । चुनाव हुन लागेको २४ पदमा ४९ जनाको उम्मेदवारी दिए पनि २ सदस्यको खारेजी र एक उम्मेदवारले फिर्ता लिए पछि २४ पदमा ४६ जनाको उम्मेदवारी कायम भएको छ ।

कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका शोभा गौतम र रामप्रसाद गौतमको उम्मेदवारी सदस्यता लिएको २ वर्ष नपुगेकाले खारेजी गरिएको हो । सोही पदका उम्मेदवारहरुले उनीहरु विरुद्ध उजुरी दिएका थिए ।

सदस्यका उम्मेदवार कृष्णप्रसाद तिवारीले बिहीबार आफ्नो उम्मेदवारी फिर्ता लिए पछि २४ पदमा ४६ जनाको उम्मेदवारी भएको निर्वाचन समितिका सदस्य तीर्थ श्रेष्ठले जानकारी दिए ।

उम्मेदवारको नाम प्रकाशन सँगै उम्मेदवारहरु उद्योगी तथा ब्यापारीको घरदैलोमा आफ्नो पक्षमा मत जुटाउन ब्यस्त देखिएका छन् । संघको अध्यक्षका उम्मेदवार दामु अधिकारी र रवीन्द्रबहादुर प्रजू दुवैले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी दर्ता गराएका थिए ।

अधिकारी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा यदुनाथ अधिकारी, उद्योगतर्फको उपाध्यक्षमा गीता तिवारी गौतम, वाणिज्यतर्फको उपाध्यक्षमा यमनाथ पौडेल, महासचिवमा किसान सुनार, कोषाध्यक्षमा प्रेम भुजेल र उप–महासचिवमा सीता बराल उम्मेदवार छन् ।

सदस्यहरुमा नारायण पौडेल, डि.बि. भुजेल, पवित्रा गुरुङ, तेजेन्द्र पौडेल, सोवित पौडेल, नगेन्द्र सुवेदी, नगेन्द्र पोखरेल, चन्द्रा शर्मा, उमराज बास्तोला र रुद्र लुइटेलले प्रतिस्पर्धा गर्दैछन् ।

त्यसैगरी प्रजू प्यानलबाट वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, उद्योग उपाध्यक्षमा विन्दु कोइराला, वाणिज्य उपाध्यक्षमा पवन प्रजापती, महासचिवमा अर्जुन पोखरेल, कोषाध्यक्षमा सुरेन्द्रमान बिजुक्छे र उपमहासचिवमा चीनु गुरुङले चुनावी मैदानमा उत्रीएका छन् ।

सदस्यमा बलराम आचार्य, कुमारी मुना बास्ँतोला, बुद्धिबहादुर गहतराज, ऋषिराम भण्डारी, कृतिबल्लब त्रिपाठी, केशव खत्री, दीनेश बास्तोला, रामेश्वर प्रसाद अधिकारी उम्मेदवार छन् । उम्मेदवारी खारेज भएका दुवै जना प्रजू प्यानलबाट सदस्यको उम्मेदवार थिए ।

भदौ २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्