मलेसियामा एक नेपालीको मृत्यु

बैतडी – सडक दुर्घटनामा परी मलेसियामा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ्गको केदारस्युँ गाउँपालिका– ५ बाँझका ३० वर्षीय मानबहादुर बोहोरा रहेका छन् ।

कोठाबाट कामका लागि कम्पनीतिर गइरहेका बेला जोहोरबारुमा सडक पार गर्ने क्रममा ट्याक्सीले ठक्कर दिएर गम्भीर भएका बोहोराको उपचारका क्रममा शुक्रबार बिहान ७ बजे एक स्थानीय अस्पतालमा मृत्यु भएको मलेसियाबाट रमेश साउदले जानकारी दिए । बोहोरा विगत सात वर्षदेखि मलेसियाको सिनामो कम्पनीमा कार्यरत थिए ।

मृतक बोहोराको शव नेपाल ल्याउने तयारी गरिएको छ । मलेसियामा सडक पार गर्ने क्रममा धेरै नेपालीले अकालमै ज्यान गुमाउनुपरेको छ ।

भदौ २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्