निर्मला पन्त हत्या घटनाको अनुसन्धान र छानबिन अन्तिम अवस्थामा पुगिसक्यो : गृहमन्त्री

निर्मला पन्त हत्या घटनाको अनुसन्धान र छानबिन अन्तिम अवस्थामा पुगिसक्यो : गृहमन्त्री

काठमाडौँ -गृहमन्त्री रामबहादुर थापा बादलले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनाको अनुसन्धानका विषयमा संसदलाई जानकारी गराएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको अनुसन्धान र सरकारी छानबिन अन्तिम अवस्थामा पुगेको बताए ।

उनले अपराधी जो सुकै भए पनि उम्कन नपाउने प्रतिबद्धतासमेत व्यक्त गर्दै घटनाको अनुसन्धानमा सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताए । उनले थप उच्चस्तरीय छानबिन समिति र अन्य समितिहरुले अनुसन्धान गरिरहेको जानकारी गराए।

‘सरकार छानबिनको अन्तिम चरणमा आइपुगेको बताउदै उनले दोषीहरुमाथि कठोरतापूर्वक कारबाही होस् भन्नेमा गृह मन्त्रालय गम्भीर रहेको बताए । निर्मला पन्त प्रकरणको अनुसन्धानका विषयमा जानकारी गराउन माग राख्दै बिहिबार कांग्रेसले संसद बैठक अवरुद्ध गरेको थियो । त्यसपछि सभामुखको आदेशमा सरकारका तर्फबाट गृहमन्त्रीले आज अनुसन्धानको प्रगतीका विषयमा जानकारी गराएका हुन् ।

भदौ २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू