सुशासन र आर्थिक विकासलाई उच्च प्राथमिकता-प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले सरकारले सुशासन र आर्थिक विकासलाई उच्च प्राथमिकता दिएको बताएका छन्।

प्रधानमन्त्री ओलीले हरेक नेपालीलाई सुःखसहितको समृद्ध बनाउन सरकार प्रतिवद्ध रहेको पनि दावी गरे। उनले ‘सुःखी नेपाली, समृद्ध नेपाल’ बनाउने परिकल्पनालाई साकार पार्न सबै क्षेत्रको सहयोगको आवश्यक्तामा पनि जोड दिए।

शुक्रबार काठमाडौंमा आयोजित एक आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दूई तिहाई बहुमतसहितको सरकारको मुख्य लक्ष्य छिटो आर्थिक समृद्धि रहेको पनि दोहोर्‍याए।

प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताहरुलाई पनि पुनः आह्वान गरे। नेपालमा लगानी गरे राम्रो मुनाफा आर्जन गर्ने अवस्था रहेको प्रधानमन्त्री ओलीको भनाई छ।

प्रधानमन्त्री ओलीले सरकारले कृषि, पर्यटन र उद्योग क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउन चाहेको पनि स्पष्ट पारे। उनले बन्द भएका उद्योगहरुको पुनः संचालन गर्ने योजना पनि अघि सारे। प्रधानमन्त्री ओलीले लगानी सुरक्षित हुँदैनकी भनेर चिन्ता नलिन पनि लगानीकर्तालाई आग्रह गरे।

प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध बनाउन सरकारले सक्दो प्रयास गरिरहेको पनि बताए।

कार्यक्रममा सत्तारुढ भारतीय जनता पार्टीका नेता गोपालकृष्ण अग्रवालले आर्थिक प्रजातन्त्रबारे चर्चा गर्दै भारतको आर्थिक विकासबाट नेपालले लाभ लिन सक्ने बताएका थिए।

भदौ २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्