#जस्टिस फर निर्मला

निर्मलाको पक्षमा न्‍याय माग्‍दै बानेश्‍वरमा विद्यार्थीको प्रदर्शन

निर्मला पन्तको पक्षमा न्‍याय र दोषीलाई कारबाहीको माग गर्दै नयाँ बानेश्‍वरमा प्रदर्शन गर्दै स्कुलका विलार्थीहरु। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार

काठमाडौं- नयाँ बानेश्‍वरको चोक, दिउँसोको टन्टलापुर घाम, मानिसहरुको आउजाऊ बाक्लै छ, स्कुल ड्रेस लगाएका विद्यार्थीहरु सडकमा उत्रिए एक्कै स्वरमा नारा लगाइरहेका छन्, ‘गिभ जस्टिस फर निर्मला, स्टोप भ्वाइलेन्स अगेन्स्ट चिल्ड्रन, दोषीलाई कारबाही गर, हत्‍यारा लुकाउन पाइदैन, निर्मलालाई न्‍याय देऊ।’

उनीहरु बलात्कारपछि हत्याको शिकार भएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको पक्षमा न्‍याय र दोषीलाई कारबाहीको माग गर्दै शुक्रबार प्रदर्शन गरिरहेका छन्।

निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्नको दोषीको पहिचान अझै हुन सकेको छैन । प्रशासन नै अपराधीलाई लुकाउन लागि परेको आरोप लागिरहेको छ।

सरकारले घटनाका सम्बन्धमा छानबिन गरी सत्य बाहिर ल्याउनका लागि अनुसन्धान समिति गठन गरेको छ। अहिले निर्मलाको न्यायका लागि दबाब दिन भन्दै उनका बुवाआमासहित कञ्चनपुरका अगुवा महिला अधिकारकर्मीहरु काठमाडौँमा छन्।

विहीबार मात्रै माइतीघर मण्डलामा निर्मलाको आमा दुर्गादेवी र बुवा यज्ञराज पन्तको उपस्थितिमा दीप प्रज्वलन गरिएको थियो।  देश सञ्‍चारका फोटो पत्रकार सुलभ श्रेष्ठे तस्बिरहरु खिचेका छन्।

भदौ २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्