सुनकाण्डमा मुछिएका एसएसपी लोहनी साधारण तारेखमा रिहा

विराटनगर- ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका निलम्बित एसएसपी दिवेश लोहनीलाई साधारण तारेखमा छोड्न विराटनगर उच्च अदालतले शुक्रबार आदेश दिएको छ।

यसअघि मोरङ जिल्ला अदालतले एसएसपी लोहनीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। जिल्ला अदालतको आदेश उल्ट्याउँदै उच्च अदालतले उनलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो।

 

 

भदौ २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्