भारतीय अभिनेता गोविन्दा छोरीसहित काठमाडौँमा

मुस्कुराउँदै आइपुगे गोविन्दा

काठमाडौँ – भारतीय अभिनेता गोविन्दा नेपाल आएका छन् । एलजी सिने सर्कल अवार्डमा सहभागी हुन अभिनेता गोविन्दा छोरी टिना आहुजासहित शनिबार मध्याहन्न काठमाडौँ आइपुगेका हुन् ।

स–परिवार आउने भनिए पनि गोविन्दाकी श्रीमती स्वास्थ्यमा केही समस्या देखिएका कारण आउन सकिनन् । विमानस्थलमा गोविन्दाले सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल आफ्नो ससुराली घर पनि रहेकाले रमाइलो लाग्ने बताए ।

गोविन्दा र उनी छोरी टिनाले पशुपतिनाथको दर्शन गर्ने तयारी पनि छ।

भदौ ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्