हेल्थ टिप्स

आँखामा औषधि कसरी राख्ने ?

काठमाडौँ – शरीरको संवेदनशील अंगमध्ये आँखा पनि एक हो । आँखाको सुरक्षाका लागी धेरै नै चनाखो र उच्च होशीयारी होसियारी अपनाउनुपर्छ । सानो गल्तीले पनि दृष्टि गुमाउनुपर्ने जोखिम हुन सक्ने भएकोले आँखाको सुरक्षाका लागि हामी सबैले चनाखो रहनुपर्छ ।

आँखालाई पानीले पखाल्दा होस् या आइड्रप हाल्ने बेला होस्, यात आँखाको उपचारका बेला सुरक्षाका क्रममा बजारमा पाइने विभिन्न किसिमका चश्मा लगाउदा होस् हामीले होसियारी अपनाउन सकेनौँ भने दृष्टि नै गुमाउनु पर्ने जोखिम हुनसक्छ ।

औषधि वा ड्रप प्रयोग गर्ने बेलामा पनि विशेष ख्याल गर्नुपर्ने आँखारोग बिषेशज्ञहरु बताउँछन । तिलगंगा आखाँ अस्पतालका डाक्टर संन्यम बजिमयका अनुसार आँखामा औषधिको प्रयोग गर्दा निम्नलिखित कुराहरुमा कुरामा सचेत रहनुपर्छ ।


  • औषधि राख्ने व्यक्ति या औषधि राखिदिने व्यक्ति दुवैले साबुनपानीले सफासँग हात धुने ।
  • औषधिको प्रयोग गर्नुभन्दा पहिले हल्कासँग हल्लाउने ।
  • औषधिको बिर्को खोल्दा भित्रको टुप्पोलाई नछुने ।
  • बिरामीलाई आरामसँग बसाउने वा सुताउने ।
  • औषधि हाल्दा औषधिका टुप्पोले आँखाको वरीपरी वा अन्य ठाउँमा नछुने ।
  • औषधि हाल्नु पर्ने आँखाको तल्लो भाग हल्का तान्ने ।
  • औषधिको सिसिबाट एक थोपा मात्र झर्ने गरि विस्तारै थिच्ने । आँखामा औषधि परेपछि तल्लो भागको परेला बिस्तारै बिचको चोरी औलाले एक मिनेट सम्म राख्ने वा आँखा राम्ररी चिम्लने ताकि आफूले राखेको औषधि अश्रुनली हुँदै नाक र घाँटीमा जान नपाओस ।
  • औषधि प्रयोग गरिसकेपछि बिर्को राम्रोसँग बन्द गर्ने साथै बालबच्चाहरुले भेट्न नसक्ने तथा घाम नलाग्ने ठाउँमा सुरक्षित राख्ने ।
  • आफ्नो औषधि अरुलाई प्रयोग गर्न नदिने ।
  • औषधि सधैँ जान्ने मान्छेलाई राख्न लगाउने ।
  • औषधि खोलेको ३० दिनसम्म प्रयोग गर्न सकिन्छ त्यसपछि बाँकी रहेमा प्रयोग नगर्ने ।
  • एन्टिबायोटिक औषधि राख्नु परेमा आँखा रोग विशेषज्ञको अनुमति र सल्लाहमा मात्रै प्रयोग गर्ने ।
  • औषधि सधैँ चिनेर मात्र प्रयोग गरौँ र गर्न लगाऔँ ।
  • कुनै व्यक्तिमा आँखाको कुनै प्रकारको समस्या छ जस्तै आँखा दुख्ने, रातो हुने र धमिलो हुने भएमा तुरुन्तै आँखा रोग विशेषज्ञलाई देखाउनु पर्छ ।
भदौ ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्