जेलबाटै दोस्रोपटक थारु कल्याणकारिणी सभाको सभापति बने लाहुराम

धनगढी – थारु कल्याणकारिणी सभा (थाकस) कैलालीको सभापतिमा पुनः लाहुराम चौधरी सर्वसम्मत चयन भएका छन् ।
धनगढीमा भएको आठौँ अधिवेशनले चौधरीलाई पुनः सभापतिको जिम्मेवारी सुम्पेको हो ।

चौधरी टीकापुर घटनाको अभियोगमा पुर्वपक्षका लागि थुनामा छन् । २०७२ भदौ ७ गते टीकापुर घटना घटेको बेला चौधरीले धनढीमा थरुहट आन्दोलनको नेतृत्व गरेका थिए ।

घटना भएको दिन जिल्ला प्रशासन कार्यालय अगाडि उनको नेतृत्वमा आन्दोलन भएको थियो । आन्दोलनको नेतृत्व गरेकै कारण पक्राउ परेका चौधरी दुई वर्षदेखि जेलमा छन् ।

यसैगरी थाकसको सदस्यमा विनिता चौधरी, एन्जल चौधरी, सविता चौधरी, देशराम चौधरी, वीरबहादुर चौधरी, सीता चौधरी, सुन्दर चौधरी, खुशीराम चौधरी, माधव चौधरी र तारा चौधरी चयन भएका छन् । कार्य समिति पदाधिकारी सदस्यभित्रबाटै चयन गरिने माधव चौधरीले जानकारी दिए ।

यसैगरी, अधिवेशनमार्फत गंगादेवी चौधरी, जनकराज चौधरी, केवालाल चौधरी, जगतराम चौधरी, प्रभातकुमार चौधरी, फोनीराम चौधरी, रामकुमारी चौधरी, पुरनप्रसाद चौधरी, सुशीला चौधरी र कृष्णकुमार चौधरीलाई केन्द्रीय पार्षद चयन गरिएको छ ।

 

भदौ ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्