उपप्रधानमन्त्री ईश्‍वर पोख्रेलले भने, ‘बलात्कारी उम्कन पाउँदैनन्’

काठमाडौँ– उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोख्रेलले बलात्कारी उम्कन नपाउने बताएका छन्। सञ्चारिका समूहको २२ औँ वार्षिक उत्सव तथा सातौँ अधिवेशन कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोख्रेलले सरकार घटनाको टुंगो नलागेकोले अहिले मौन बसेको बताए।
    उनले अपराधि पहिचान नभईसकेकोले कारवाहि गर्न ढिला होला तर अपराधि उम्कन नपाउने बताए। ‘केहि संरचनागत कठिनाई छ, केहि कानुनी व्यवस्था परिवर्तन गर्नु छ।’
सञ्चारिका समूहले आइतबार चार पत्रकारलाई सम्मान गरेको थियो। जसमा सञ्चारिका समानता पुरस्कार २०७४ बाट पत्रकार सन्त गाहा मगर, स्व उमा सिंह पत्रकारीता पुरस्कार २९७४ बाट अछामकी पत्रकार गीता कुँवर र प्रोत्साहन पुरस्कार देशसञ्चारकी फोटो पत्रकार वर्षा शाह र कान्तिपुर दैनिककी पत्रकार शिल्पा कर्णलाई दिइएको थियो।
पत्रकारलाई सम्मान गर्दै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोख्रेलले पत्रकारले सबै राजनीज्ञलाई सामान्यिकरण गर्न नहुने बताए। उनका भने, ‘पत्रकारले आलोचना गर्दा समिक्षात्मक, तथ्याकं सहितको हुनुपर्ने र जवाफदेहि हुनुपर्छ।’


महिला पत्रकारहरुको संगठन सञ्चारिका समूहको सातौँ अधिवेशनले नयाँ अध्यक्ष छनौट गर्दैछ।

भदौ ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्