यी हुन् विश्‍वका १० शक्तिशाली गुप्तचर निकाय

संसारमा सबै देशले आफ्‍नो नागरिक सुरक्षाका लागि गुप्चर निकाय बनाएका हुन्छन्। आफ्‍नो देशको गोप्‍य दस्तावेज र जानकारी सुरक्षित राख्‍नको लागि दिनरात खटिरहेका हुन्छ। गुप्तचर निकायहरुले सुरक्षासँग जोडिएका हरेक प्रकारको निकायसँग समन्वय गरिरहेको हुन्छ। विश्‍वका यी शक्तिशाली गुप्तचर एजेन्सीहरु जसले सूचनाका माध्‍यमबाट संसार हल्लाएका छन्।

१.आइएसआइ,पाकिस्तान– पाकिस्तानी गुप्तचर निकाय (आईएसआई) विश्‍वकै पहिलो शक्तिशाली गुप्तचर निकाय हो। यो सन् १९४८ मा स्थापना भएको थियो। यसलाई अमेरिकी मिडिया क्राइम न्‍यूजले विश्‍वकै सबैभन्दा शक्तिशाली र उच्चत्तम निकाय मानेका छन्।

यसको हेडक्वार्टर पाकिस्तानको इस्लामाबादमा छ। तर विश्‍वको नम्बर एक गुप्तरचर निकायमाथि समय समयमा आतंकवादलाई प्रश्रय दिँदै आएको आरोप लाग्दै आएको छ।

२.सीआइए, अमेरिका– अमेरिकाको गुप्तचर निकाय सीआइए (सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी) सधैं नै चर्चाको विषय बन्‍दै आएको छ। सन् १९४७मा स्थापना भएको सीआइएका मुख्‍यालय वासिङटनस्थित भर्जिनियामा रहेको छ।

चार निकायमा विभाजित रहेको सीआइएले साइबर क्राइम, आतंकवाद रोक्‍ने तथा देशको सुरक्षा मामलालाई लिएर निगरानी राख्‍ने गर्दछ।

३. एमआइ६, यूके- युनाइटेड किङडमको गुप्तचर निकाय एमआइ६ (मिलिटरी इन्टेदिजेन्स सेक्सन-६) हो। यो एजेन्सी विश्‍वकै सबैभन्दा पुरानो एजेन्सीमध्‍ये एक हो। यसको स्थापना सन् १९०९ मा भएको हो।

एमआइ६ गुप्तचर निकाय मात्र नभएर बेलायत सरकारको रक्षा मन्त्रालय अन्तर्गतको सहकार्यमा देशको हितका लागि समे कार्य गर्दै आएको छ। यसका साथै यसले गोप्‍य जानकारी, साइबर क्राइम र सुरक्षालाई नजिकबाट हेर्ने काम गर्दछ।

४. एफएसबी,रुस – फेडरल सेक्युरिटी सर्भिस रुसको चर्चित गुप्तचर निकाय हो जसको स्थापना १९९५मा भएको हो।

यसको मुख्‍यालय मस्कोमा रहेको छ। देशको सुरक्षासँग सम्बन्धित सबै कामहरु एकै साथ गर्नुका साथै सीमा नाकामा हुने अपराधहरुको कडा रुपमा निगरानी गर्ने गर्दछ।

५. बीएनडी, जर्मनी– जर्मनीको गुप्तचर निकायको नाम हो बीएनडी। यसको स्थापना सन् १९५६मा भएको हो।

यसको मुख्‍यालय जर्मनीस्थित म्यूनिख नजिकै रहेको पुलाचमा अवस्थित छ। उक्त गुप्तचरको कार्यालय अत्याधुनिक प्रविधि युक्त बनाइएको छ।

६. डीजीएइ, फ्रान्स- डिरेक्शन जेनेरल डि ला सेक्‍यूरिटी इक्ट्रेजर फ्रान्सको चर्चित गुप्तचर निकाय हो।

यसको स्थापना सन् १९८२ मा भएको हो। यसको मुख्‍यालय पेरिसमा रहेको छ। यसले सरकारको लागि विदेशबाट गोप्‍य सूचनाहरु संकलन गर्ने काम गर्दछ।

७. र, भारत- रिसर्च एण्ड एनालिसिस विङ्‌ग- भारतको चर्चित गुप्‍तचर निकायको नाम हो ‘र’ यसको स्थापना सन् १९६८मा भएको थियो।

यसको मुख्‍यालय नयाँ दिल्लीमा रहेको छ। यसले विदेश मामला, अपराधि तथा आतंकवादको बारेमा जानकारी/सूचना संकलन गर्नुका साथै आइबीसँग मिलेर देशको सुरक्षा अवस्थाको बारेमा सक्रिय रहँदै आएको छ।

८. एमएसएस, चीन- मिनिस्ट्री अफ स्टेट सेफ्टी चीनको मुख्‍य गुप्तचर निकाय हो। यसको स्थापना सन् १९८३ मा भएको हो।

विदेशी गुप्तचर अप्रेसन तथा प्रतिआक्रमक अपरेशनलाई चलाउने नै यही हो। यसले राष्ट्रिय सुरक्षामा आँच आउन सक्‍ने संकेतहरुलाई नजिकबाट पहिल्‍याउने गर्दछ र सरकारलाई यसबारेमा जानकारी दिने गर्दछ।

९. एसिस, अस्ट्रेलिया– अस्ट्रेलियन सेक्रेट इन्टेलिजेन्स सर्भिसको स्थापना सन् १९५२ मा भएको हो।

यसको मुख्‍यालय अस्ट्रेलियाको क्यानबरामा अवस्थित छ। यसले विदेश मामला र देशको गोपनियतालाई आक्रमण गर्न खोज्‍नेहरुको सूचना संकलन गर्दछ।

१०. मोसाद, इजराइल- संसारकै प्रमुख गुप्तचर निकायमा इजरालयमा रहेको मोसाद पनि एक हो ।

यसको स्थापना सन् १९४९मा भएको हो। देश रक्षाको सम्पूर्ण जिम्‍मेवारी लिनुका साथै आतंकवादी गतिविधिमा कडा निगरानी गर्दै आएको छ।

भदौ ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्