तौर तरिका र सामाजिक जीवन

‘ब्याड म्यानर’ हुनु किन स्वीकार्य?

अरुको बानीका बारेमा गरिएका गुनासाहरु सुन्नु सामान्य जस्तै छ, तर ‘गुड म्यानर’ अर्थात राम्रो बानी वा व्यवहार यो हो भनेर भन्ने निर्क्यौल कसले गर्ने ?

बस, रेलदेखि सिनेमाघरसम्म वा रेस्टुरेन्टदेखि घरसम्म जतातै नियमहरु छन् हाम्रा सार्वजनिक व्यहारका लागि । सामान्य रुपमा यसलाई ‘कमन सेन्स’ को रुपमा बुझाउने गरिएको छ ।

स्वीकार्य र अस्वीकार्य व्यवहारको घेराको बिचमा व्यक्ति र ठाउँ अनुसार विभिन्नता पाइन्छ ।

समूहमा बारम्बार भइरहने यस्ता तर्क वितर्कका बारेमा सोचौँ त जहाँ गाडीमा वा रेलमा मेक अप गर्नु ठीक वा बेठिक या गीत बजाउनु या रेस्टुरेन्टमा मोबाइल फोन चलाउनु राम्रो वा नराम्रो भन्ने बारे कुरा हुन्छ ।

हामीलाई बारम्बार भनिने राम्रो बानीले सामान्य रुपमा म्यानरका बारेमा प्रश्न गर्छ । के हाम्रा मान्यता वा विचारहरु अरुबाट स्वीकृत हुनु पर्ने वा स्वीकार्य हुनु पर्ने हो ?

असामान्य व्यवहार


आधारभूत रुपमा म्यानर अर्थात तौर तरिका त्यो सार्वजनिक नियम हो, जसले हामीलाई आफू वरपर रहेका व्यक्तिहरुको भावनासँग मिल्ने खालको व्यवहार गर्नु हो । यसले आफ्नो इच्छा नभई सामाजिक इच्छा अनुरुप व्यवहार गर्न सिकाउँछ ।

यो मान्यताको सुरुवात मानवसभ्यताको लामो कालखण्डमा विकास भएको हो । सन् १५३० मा डट स्कलर इसामसमले बालबालिकाका लागि म्यानरका बारेमा लेखेका थिए । उनले अरुलाई थुक्नु वा खाने कुरा छुनुसहितका बानी राम्रो नरहेको उल्लेख गरे ।

व्यक्तिको बानीलाई सुधार गर्ने कुरामा दिईँदै आएको जोड सामाजिक नियमको रुपमा स्थापित भयो, यसको साँचो उद्देश्य सार्वजनिक स्थान सफा राख्ने र सबैका लागि सुरक्षित र राम्रो बनाउने रह्यो ।

तर तौर तरिका बहुमतिको विचार र शक्तिबाट लागु गरिएको पनि हुन सक्छ ।

उदाहरणका लागि सार्वजनिक स्थानमा खुट्टाको नङ काट्नु असाधारण व्यवहार हो स्पष्ट रुपमा । तर मेक अप आफ्नो कोठा वा निजी ठाउँमा मात्रै गर्नु पर्छ भन्ने धारणा चाहिँ त्यति स्वीकार्य नहुन सक्छ।

यस्ता कुराहरु अरु मानिसले सार्वजनिक स्थान कसरी प्रयोग गर्छन् र भइरहेका व्यवहारले के प्रभाव पार्छ भनेर तर्क वितर्क गर्ने गरिएको हो ।

दर्शकलाई सुझाउनु


तौर तरिकाका बारेमा खास ध्यान दिइने एक क्षेत्र हो, नाटक घर । जहाँ दर्शकलाई शान्त भएर बस्न भनिन्छ ।

तर इतिहास हेर्ने हो भने यस्तो थिएन । १९ औँ शताब्दीमा दर्शकले आफ्नो उत्साह देखाउन पाउँथे, बिस्तारै माथिल्लो वर्गकाहरुको प्रभाव पर्दै गयो र नयाँ तौर तरिका बारे बोल्न थालियो ।

अहिले फेरि थिएटर जाँदा लगिने खाना, आइप्याड र फोनको प्रयोगले वातावरण बिगारेको भन्दै त्यस्तो नगर्न भन्ने गरिएको छ ।

तर अनलाइनमा गरिएको अध्ययनमा यस्ता खालका नियमबारे विविध विचार आएका छन् । उदाहरणका लागि कोही फोन अफ गर्नु पर्ने बताउँछन् भने कोही साइलेन्ट मोडमा राखे हुने तर्क गर्छन् ।

थिएटरमा ‘नराम्रो’ व्यहार भनेको नजिकै रहेको अरुका बारेमा ख्याल नगर्नु वा आफूलाई मात्रै केन्द्रमा राख्नु हो ।

सबैभन्दा विवादको विषय बन्ने गरेको भनेको उत्साह कतिसम्म राम्रो वा नराम्रो भन्नेमा हो ।

नाटक वा चलचित्र हेरिरहँदा दर्शकले गाउने गीत, चियरिङ्ग गर्ने वा बेठिक ठाउँमा हाँस्ने । वा आवश्यक भन्दा धेरै स्ट्याण्डिङ्ग अवेसन दिनु हो ।

समरुपताका लागि असर्मथता


हुन त व्यक्तिपिच्छे स्वीकार्य व्यवहारका बारेमा फरक विचार छ, मानिसहरु आफ्नै विचारलाई विश्वास गर्न रुचाउँछन् र त्यसैलाई कम सेन्स भन्ने गर्छन ।

थिएटरमा खानेकुरा प्रतिबन्धित गर्नु एक व्यक्तिका लागि पूर्णरुपले अस्वीकार्य बन्यो । अर्कोका लागि हाँस्यास्पद र अर्कोका लागि स्वीकार्य हुन सक्छ । यस्तै अरु व्यवहारहरु पनि छन् ।

तर के हामी अरुबाट सामाजिक व्यवहारमा सपरुपताको अपेक्षा गर्नु जायज हुन्छ, जसका कारण उनीहरु अन्ततः बाहिरिन्छन् भने पनि ?

यो प्रश्न सामाजिक जीवनका हरेक पक्षमा लागु हुन्छ ।

आफ्नो व्यवहारका कारण अरुलाई जोखिम छ भने त्यसमा सचेत रहनु पर्छ ।

तर के चाहिँ स्वीकार्य हुन सक्छ भन्ने बारे सोच्दा आफ्नो प्राथमिकता र खुशी भने खोसिने सम्भावना हुन्छ । यति हुँदाहुँदै पनि सबैको खुशी र सहअस्तित्वलाई भने स्वीकारिनु पर्छ ।

(बेलायतको ब्रिस्टोल विश्वविद्यालयकी डा. कर्स्टी सेडम्यानले बिबिसीका लागि तयार पारेको लेखको संक्षिप्त अनुवाद ।)

अशोज १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू