संयुक्त सैन्य अभ्यासमा सहभागिताको विवाद

चिसियोे प्रधानमन्त्री ओली र उप्रधानमन्त्री पोखरेलको सम्बन्ध

काठमाडौँ-भारतको पुणेमा आयोजित बहुपक्षीय आर्थिक तथा प्राविधिक सहायताका लागि बंगालको प्रयास (बिमस्टेक) संयुक्त सैन्य अभ्यासलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं रक्षमन्त्री ईश्‍वर पोखरेलबीचको सम्बन्ध फेरि चिसिएको छ।

नेपाली सेनाको मुख्यालयले उपप्रधानमन्त्री एवं रक्षमन्त्री पोखरेलबाट अनुमोदन लिई भारतको पूणेमा भदौ २५ देखि ३१ गतेसम्म आयोजित अभ्यासमा सेनालाई पठाउनु भन्दा एक दिन अघि प्रधानमन्त्री ओलीले त्यहाँ सेना नपठाउने निर्णय लिएका थिए।

भारतीय विश्लेषक तथा सञारमाध्यमले नेपालले उक्त अभ्यासमा सहभागिता नजाउने निर्णय लिनुको पृष्ठभूमिमा चीनको दबाब रहेको आरोप लगाएका छन्।

सत्ताधारी पार्टी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंमा सम्पन्‍न बिमस्टेक शिखर सम्मेलनको उद्घाटनका समयमा यसबारे खुलासा गरेपछि प्रधानमन्त्री ओलीले जानकारी प्राप्त गरेका थिए।

भारत र चीन दुवै छिमेकीप्रति समान दूरी र असंलग्‍नताको नीति अपनाउँदै आएको अवस्थामा यदि संयुक्त अभ्यासमा सामेल भएमा नेपाल विवादमा पर्ने देखेपछि प्रधानमन्त्री ओली उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलको निर्णयको विरुद्धमा उभिएका थिए।

त्यसैले संयुक्त सैन्य अभ्यास हुनु भन्दा केही दिन अघि मात्र अर्थात पाँच दिन अघि त्यहाँ सामेल नहुन कायम मुकायम प्रधानसेनापति पूर्णचन्द्र थापालाई आदेश दिएका थिए।स्रोतका अनुसार प्रधानमन्त्री ओलीले उपप्रधान तथा रक्षामन्त्री पोखरेललाई थाहा नै नदिई प्रधानसेनापति थापालाई उक्त आदेश दिएका हुन्।

पहिलो पटक जुनमा र त्यसपछि भएका नियमित बिमस्टेक मुलुकका उच्च सैनिक अधिकारीबीच भएको छलफलका आधारमा संयुक्त सैन्य अभ्यासको निर्णय लिइएको थियो। नेपाली सेनाले हरेक चरणका त्यस्ता छलफलबारे रक्षामन्त्रालयलाई जानकारी गराई संयुक्त अभ्यासमा भाग लिने निर्णय लिएको थियो।

नेपाली सेनाका एक वरिष्ठ अधिकृतले/सेनाले यससम्बन्धी हरेक निर्णय आफ्नो ‘लाइन मिनिस्ट्रिी’ लाई जानकारी दिएको र त्यहाँको अन्तिम आदेश मानेको बताए।

बिमस्टेकको शिखर सम्मेलनपछि मन्त्रिपरिषद्को बैठकले कायममुकायम प्रधानसेनापति थापालाई भारत पठाउने निर्णय गरेको थियो।

मन्त्रिमण्डल विस्तारका क्रममा उपप्रधानमन्त्रीका दावेदार रहेपनि प्रधानमन्त्री ओली  पोखरेललाई मन्त्री मात्रै दिने मनस्थितिमा थिए। प्रधानमन्त्री अाेलीले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको माग अनुसार उनलाई उप्रधानमन्त्री दिँदा सन्तुलनका लागि पोखरेललाई पनि उपप्रधानमन्त्री पद दिएका थिए ।

तत्कालिन एमालेका महासचिव समेत रहिसकेका पोखरेलले पार्टी एकताका बेला पुष्पकमल दाहाललाई एकीकृत पार्टीको अध्यक्ष बनाउनु हुन्न भन्ने पक्षमा उभिएका थिए।

त्यसपछि पनि एकीकृत पार्टीको महासचिव विष्णु पौडेललाई महासचिव बनाउँदा प्रधानमन्त्री ओलीसँग पोखरेलको असन्तुष्टि चुलिएको थियो।

रक्षामन्त्रीका रुपमा पोखरेले नेपाली सेनालाई भारतमा सैन्य अभ्यासका लागि सामेल गराउने निर्णयमा पहिलो पटक हस्ताक्षर गरेका थिए। याे अभ्यास दुई पक्षीय सम्बन्धका आधारमा हुँदै आएको छ।

असोज १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्