चंगा चैटमा ढल्की ढल्की नाच्ने गीत

काठमाडौँ– चलचित्र ‘चंगा चैट’ को दोस्रो गीत ‘ढल्की ढल्की नाच न’ सार्वजनिक भएको छ। गीतमा अलमोडा राना उप्रेतीको स्वर छ। शब्द र संगीत मिस्टर आरजेको छ। गीतमा नायिका प्रियंका कार्की, आयुमान देशराज जोशी, सन्दिप क्षेत्री, परमिता राना, सुरक्षा पन्त र रविन्द्रा झा छन्।

चलचित्र चङ्गा चैट कात्तिक १६ मा रिलिज हुँदैछ। यो भन्दा अगाडि यो चलचित्रको ‘गोजीमा दाम छैन’ गीत सार्वजनिक भइसकेको छ। यो गीतलाई धेरै रुचाइएको थियो।

 

 

अशोज २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्