मलेसियामा विषाक्त रक्सी खाएर चार नेपालीसहित ७ जनाको मृत्यु, १६ जना बिरामी

एजेन्सी- मलेसियामा विषाक्त रक्सी खाएर ४ नेपाली सहित सात जनाको ज्यान गएको छ।

सेलांगर पुलिस प्रमुखले पीडितहरू मध्ये चार जना नेपाली, एक मलेसिया, एक भारतीय र एक जना बंगलादेशी नागरिकको ज्यान गएको बताएका छन्।

१३ नेपाली, दुई बंगलादेशी र एक जना मलेसियन नागरिकसहित १६ जना गम्भीर बिरामी परेका छन्। उनीहरुलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ।

यस्तै घटनाको अनुसन्धान भैरहेको प्रहरीलाई उदृत गर्दै द स्टार अनलाइनले जनाएको छ।

घटनाको वास्तविकता पत्ता लगाउन मृतकको पोष्टमार्टमको रिपोर्ट पर्खिरहेको प्रहरीले जनाएको छ।

सरुवा बुल्हो अस्पताल, कुआलालम्पुर अस्पताल, ब्यान्टिंग अस्पताल, क्लङ्ग अस्पताल र अम्पांग अस्पतालमा बिरामीको उपचार भैरहेको छ।

अशोज २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू